युवराज ठकुरी,सिंहदेवी,मोरङ, भदौ ३० गते ।
रातो तारा डट कम,केराबारी गाउँपालिका-२सिंहदेवीका ताराकुमार शाहीको खोल्मा अलैंची सुकाउने क्रममा आगलागी हुँदा जलेर क्षति ग्रस्त भएको छ।
अलैंची भट्टीबाट आगो सल्केर खोल्मा थन्क्याएर राखेको काठपात लगायत अलैंची जलेर नष्ट हुँदा लगभग साढे तीनलाख बराबरको सरसामानको क्षति भएको पारिवारिक स्रोतले जनाएको छ।
अलैंची सुकाएर मानिस अन्तै गएको कारण आगो फैलिएको र तुरुन्तै थाहा पाएर आगो नियन्त्रणमा लिएको स्थानीय शिक्षक डब्लुबिक्रम खाण ठकुरीले बताए।
Post a Comment