Websoft University

चीन बाट नेपाल हुँदै भारत जोडने कालीगण्डकी करिडोरको ट्र्याक खोल्ने काम सकियो


दिलीप पौडेल/संगम घर्ती मगर-
काठमाडौं, असोज ११गते । रातो तारा डट कम,
दुई छिमेकी मुलुकलाई जोड्ने व्यापार र पारवहनको लाइफलाइन मानिने कालीगण्डकी करिडोरमा सवारी सञ्चालनमा आएका छन् । बागलुङ खण्डमा नेपाली सेनाले ट्र्याक खोलेपछि मंगलबारदेखि औपचारिक रुपमा करिडोर सञ्चालनमा आएको हो ।

करिडोरले अब ठूला अर्थतन्त्र भएका चीन र भारतलाई जोडेको छ । चीनसँग जोडिएको कोरला नाकाबाट गाडी चढेर भारतसँगको सुनौली नाका पुग्न सकिन्छ । ट्र्याक खुलेपछि नेपाली सेनाका प्रधानसेनापति प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री र सांसद प्रकाश शर्मा पौडेलले मंगलबार संयुक्त रुपमा उद्घाटन गर्दै करिडोरमा सवारी साधन सञ्चालन सुरु गरेका हुन् ।

बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्र्याक निर्माण भएपछि सवारी गुडाउन सुरु गरिएको हो । अब कोरलादेखि सुनौलीसम्मको तीन सय ४५ किलोमिटर सडकमा सजिलै सवारी गुड्छन् ।

भारतसँग जोडिएको सुनौली नाकाबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै चीनसँग जोडिएको कोरला पुग्न सकिन्छ ।  करिडोर आर्थिक विकासको मेरुदण्ड भएको सांसद पौडेलले बताए ।

 निर्माण व्यवसायीले गर्न नसकेको काम सेनाले गरेको छ,’ पौडेलले भने, ‘आर्थिक समृद्धि भएका दुई मुलुकसँगबाट हामीले फाइदा लिनुपर्छ ।’ यो करिडोरलाई स्तरोन्नति गर्दै १० मिटर चौडा बनाउन बागलुङ खण्डको लागि ३५ करोड र गुल्मी खण्डको लागि २५ करोड रुपैयाँ प्रस्ताव गरिएको पौडेलले बताए ।

ठूला भीर–पहरा भए पनि जोखिम मोलेर ट्र्याक खोलेको नेपाली सेनाको निर्माण कार्यदलका सहायक रथी उद्धब विष्टले बताए । ‘सरकारले दिएको जिम्मेवारी निर्धारित समयमा पूरा गरेका छौं,’ विष्टले भने, ‘थप बजेट उपलब्ध गराए स्तरोन्नतिको काम पनि अघि बढाउछौं ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.