Websoft University

सूचना विभागलाई सूचना बैंकका रुपमा विकास गरिने: महानिर्देशक राई

भक्तपुर, असार ३० गते । रातो तारा डट कम,सूचना विभागका महानिर्देशक वीरबहादुर राईले सूचना विभागलाई सूचना बैंकका रुपमा विकास गरिने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले यहाँ हिजो आयोजना गरेको ‘खोजपत्रकारिता तथा स्थानीय तहमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सूचना विभाग नै सूचना बैंकका रुपमा स्थापित भएपछि आम सञ्चारकर्मीलाई सहज हुने धारणा व्यक्त गर्नुभयो ।

महानिर्देशक राईले अबको नेपाली पत्रकारिता सन्देश र जानकारी भन्दा पनि खोजमूलक हुनुपर्नेमा जोड दिँदै पत्रकारिताको विकास र समृद्धिका लागि अब खोज पत्रकारिताकोे विकल्प नरहेको बताउनुभयो ।

उहाँले खोज पत्रकारिताको विकाससँगै पत्रकारको सुरक्षा चुनौती पनि उत्तिकै रहेको छ भन्नुभयो ।

सो अवसरमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं स्थानीय विज्ञ रामप्रसाद आचार्यले जिल्लामा रहेका विषयगत कार्यालय साउन १ गतेबाट कसरी सञ्चालनमा आउने भन्नेबारे अहिले पनि अन्योलता रहेको बताउनुभयो ।

महासंघ भक्तपुर शाखाका अध्यक्ष पुस्करराज बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धमेन्द्र झालगायतले पत्रकारितामा रहेको अवसर र चुनौती रहेको चर्चा गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.