Websoft University

पानीको गुणस्तर अनुगमन हुन सकेन - बिराटनगरमा त फोहोर खानेपानी बिक्रीवितरण भइरहदा पनि कुनै निकाय बोल्दैनन



काठमाडौ,असार  असार ३० गते। रातो तारा डट कम,
बिराटनगर र काठमाडौमा खानेपानीको गुणस्तर अनुगमन गर्ने नभएको भन्दै पानी उपभोक्ताले बिरोध गर्न थालेका छन।

काठमाडौमा र बिराटनगरमा खानेपानी गुणस्तर हीन भएको
धेरै भयो, रोगको प्रकोप देखिन सक्छ, तर सुधार भएन। त्यसैगरी बिराटनगरमा खानेपानी उत्पादन गर्ने कम्पनी हरूले प्रबिधिक नराखि लेवरबाट गुणस्तर हिन पानी फोहोर जार, बोतलमा धाराबाट सिधै भरेर खानेपानी बजारमा बेचीरहेकाछन । तर आज सम्म कसैलाई कार्यवाही भएको थाहा छैन भन्दै बिराटनगरमा पानी उपभोक्ताले बिरोध गरेको धेरै भयो सुनुवाइ चै भएन उपभोक्ता  भन्छन् ।

सरकारले दैनिक प्रयोग हुने खानेकुरा पिए पदार्थ खाने पानी
पानीको गुणस्तर मापन गरी खान पिउनयोग्य पानी उत्पादनका लागि सेवा प्रदायक संस्थालाई निर्देशन दिन
कार्यलयनै खडा गरेकोछ, तर के गर्नु कामै गर्दैनन त्यो ठाउका
कर्मचारीले अहिले बजारमा बिराटनगर काठमाडौ पाइने पानी
गुणस्तर हीन छन। जनता कराइरहन्छ कर्मचारी बसेरै तलब खाइरहेका रहेकारहेकाछन


अब काठमाडौको कुरा गर्दा-योगका अध्यक्ष उपेन्द्रकुमार अधिकारी कात्तिक २३ देखि दुई सदस्यको पदावधि सकिए पनि सिफारिस हुन नसक्दा काम हुन नसकेको स्वीकार्नु हुन्छ। आयोगमा सदस्य हुँदा पनि बजेट अभावमा ऐनले पानीको गुणस्तर कायम गर्न सकेका थिएनौँ, दुई सदस्य नै नभएपछि अध्यक्ष र केही कर्मचारीका भरमा मात्र काम गर्न सकिने अवस्था छैन”– उहाँले भन्नुभयो ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय आफूले व्यक्तिगतरुपमा आयोगको औचित्य नै नदेखेको बताउनुहुन्छ । “अध्यक्षले कर्मचारी र विज्ञ राखेर पनि काम गर्न सक्छ, बजेटको समस्या भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ग्राहकसँग महसुल उठाउन नसकेसम्म समाधान हुन सक्दैन”– उहाँले भन्नुभयो ।

अध्यक्ष एवम् सदस्य सिफारिसका लागि आयोग ऐनमा राष्ट्रिय योजना आयोगमा खानेपानी हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयका सहसचिव र स्वतन्त्र विज्ञ गरी तीन सदस्य रहने व्यवस्था छ । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नियुक्त गर्ने प्रावधान छ ।

सदस्य नभएका कारण आयोगले काम गर्न नसकेकै समयमा खानेपानीका मुहानमा फोहर भएका घटना सार्वजनिक भइरहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.