युवराज ठकुरी,सिंहदेवी,मोरङ,केराबारी गाउँपालिका वडा न-१ पाटीगाउँ ,मोरङलाई पुर्ण खोप वडा घोषणा गरिएको छ।
आज एक कार्यक्रमका बीच विश्व स्वास्थ सङ्गठन (WHO)मोरङका प्रमुख डा.सारु देवकोटाले वडा सचिब नरबहादुर कटवाललाई पुर्ण खोप वडाको प्रमाणपत्र प्रदान गर्दै वडालाई पुर्ण खोप सुनिश्चित भएको घोषणा गर्नुभएको कुमाल प्राविका प्रअ शुक्र आङ्देम्बेले बताउनु भयो।
उक्त अवसरमा पुर्ण खोप सुनिश्चितताको महत्व पुर्ण भुमिका निर्बाह गर्नु हुने ग्रासका बेदप्रसाद कटेल तथा मासिका भिमकुमारि लिम्बू र नौ वटै टोलका महिला स्वयम्
सेबिकाहरुलाई दोसल्ला र कदर पत्रले कदर
गरिएको थियो।
उक्त कार्यक्रममा कानुन लाफा समाजकासदस्य शरण थापा मगर, प्रा वि समालाका प्र अ चन्द्र कुमार मगर र जिल्ला जनस्वास्थ्य कार्यलय मोरङका खोप प्रमुख उदेश श्रेष्ठले
शुभकामना मन्तब्य राख्नु भएको थियो।
कार्यक्रमको अवसरमा पुर्ण खोप सुनिश्चितताको महत्वपुर्ण भुमिका निर्बाह गर्नु हुने ग्रासका बेदप्रसाद कटेल तथा मासिका भिमकुमारी लिम्बू र नौ वटै टोलका महिला स्वयम सेविकाहरुलाई दोसल्ला र कदर पत्रले कदर गरिएको थियो।
वडा न.१ पाटीगाउँको खोप कार्यक्रम सम्बन्धिस्वास्थ्य चौकी पाटीका प्रमुख अमरेन्द्र कमार शाहले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रमको अन्त्यमा वडा प्रमुख, राजनितिक
दलका प्रतिनिधि, प्रधानाध्यापक, सङ्घसस्था
प्रतिनिधि, स्वास्थ्य सस्था प्रमुख, बाल सञ्जाल प्रमुखले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए।
स्मरण रहोस यो वडा यस अगाडि नै, खुल्ला दिशा मुक्त वडा, सत प्रतिसत जन्मदर्ता भएको वडा, सत प्रतिसत बिद्दुत भएको वडा, एक घर एक सहकारी सदस्य भएको वडा घोषणा भइ सकेको छ।
Post a Comment