Websoft University

वृद्धभत्ता गाउँघरमै पाउने व्यवस्था मिलाउन माग



काठमाडौ -बर्दिया असार ३० गते । रातो तारा डट कम,
वृद्धभत्ता थाप्न सदरमुकाम गुलरिया आएका ज्येष्ठ नागरिकले वृद्धभत्ता गाउँघरमै पाउने व्यवस्था मिलाउन स्थानीय सरकारसँग माग गरेका छन् ।

वृद्धभत्ता बुझ्न आउँदा–जाँदा र भत्ता बुझ्न लाइनमा बस्दा आफूहरुलाई निकै सास्ती बेहोर्नुपरेको उनीहरुले बताएका
छन् । स्थानीय निकायको निर्वाचनमा स्थानीय जनप्रतिनिधिले वृद्धभत्ता घरघरमा पु¥याउने आश्वासन दिएपनि त्यसो हुन नसकेको उनीहरुले गुनासो व्यक्त गरेका छन् ।

सरकारले स्थानीय निकायलाई विकेन्द्रित गराउँदा पनि वृद्धभत्ता लिन गुलरियामा आई बैंकमा लाइनमा बस्नु सास्ती भएको उनीहरुले बताए । ६ नगरपालिका र दुई गाउँपालिका रहेको बर्दियामा बाह्रबर्दिया नगरपालिकामा घरघरमा वृद्धभत्ता वितरण हुन थालेपनि गुलरियामा भने त्यस्तो हुन सकेको
छैन ।

भत्ता लिन बैंकको पटाहामा दिनभर कुर्नुपर्ने अवस्था छ । वृद्धभत्ता लिन लाइन बसेका वृद्ध कोही कान नसुन्ने तथा हिँड्डुल गर्न नसक्ने समस्या भएको अवस्थामा स्थानीय सरकारले अब घरघरमा भत्ता वितरण गर्नुपर्ने व्यवस्था मिलाउन उनीहरुले आग्रह गरेका छन् ।

स्थानीय निकायको निर्वाचन सकिएर जनप्रतिनिधिले कार्यभार सम्हालिसकेको अवस्थामा वृद्धहरुले पनि गाउँघरमै भत्ता उपलब्ध गराउन आग्रह गरेका छन् । मङ्गलबारदेखि बैंकमा यस्तै सामाजिक सुरक्षा भत्ता लिन आएका ज्येष्ठ नागरिकको भीड लागेको देख्न सकिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.