Websoft University

भगवान शिवको प्रिय बार आज साउनको पहिलो सोमबार

काठमाडौं, साउन २ गते । रातो तारा डट कम,आज साउनको
पहिलो सोमबार,सूर्य मिथुनबाट कर्कट राशीमा प्रवेश गरेसँगै साउन महिना हिजोदेखि सुरु भएको छ । यस महिना हिन्दू धर्मावलम्वी महिलाहरु हातमा मेहन्दी तथा हरियो चुरा लगाउँछन्।

भगवान शिवको प्रिय बार सोमबारमा ब्रत बसेर हरियो र रातो पहिरनका साथै मेहन्दी, चुरा, पोते लगाएमा भगवान खुसी हुने जनविश्वास छ । साथै पतिको दिर्घायू हुने विश्वासमा पनि परम्परादेखि नै साउन महिना बिशेष रुपमा शिवको महिमा गाएर मनाइन्छ ।

अविवाहित महिलाहरु पनि योग्य वर प्राप्तीका लागि महिनाका सबै सोमबार ब्रत बस्छन् । यसपटक पाँच सोमबार परेका कारण अझै शुभ मानिएको छ ।

हिन्दू किम्बदन्ती अनुसार ‘साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र महादेवबाट सौभाग्य पाइन्।

सोही विश्वासका साथ नेपाली महिलाहरुले पनि आफ्ना हात मेहेन्दीले रंग्याएका छन् । हातमा मेहेन्दीको प्रयोग अहिले फेसन जस्तो बन्दै गएको छ ।

ग्रामिण क्षेत्रमा भन्दा पछिल्लो समय शहरीया पुस्तामा साउन महिनामा हरियो पहिरन लगाउने फेसनको रुपमा बिकास भइरहेको छ । काठमाडौंका चोक(चोकमा मेहेन्दी तथा चुरा व्यवसाय फस्टाइरहेको देखिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.