Websoft University

स्वागत तथा सम्मान कार्याक्रम सम्पन्न


बिराटनगर असार २८ गते । रातो तारा डट कम,बिराटनगर महानगरपालिकाका मेयर तथा उपमेयर र वडा अध्यक्ष सदस्यहरुका लागि उधोग संगठन मोरङले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

नवनिर्वाचित पधाधिकारीहरुलाई फुलको माला लगाएर गुच्छा दिएर स्वागत सम्मान गरिसके पछि नेकपा माओवादीका सासद सिवकुमार मण्डले आफना भनाईहरु राख्दै बिराटनगर र रंगेलीको बिकासलाई इमान्दारीताका साथ अगाडि बढाउनु पर्ने भन्दै बिराटनगर महागनर हुनु भनेको यो १ न प्रदेशको राजधानी हुने चरणमा बिराटनगर पुगेको हो भन्नु भयो ।

उधोग सगठन मोरङका का वा अध्यक्ष भीम घिमरेले महानगर भित्र ट्राफिक,खानेपाली,पार्क,बस बिसाउनीको स्थान,बती,आयल निगम अगाडीको दुई बिग्गाह जमिनमा व्यापारिक प्रर्दशनी क्षेत्र निर्माण, बिमानस्थलको सुधार तथा व्यावस्थापन जस्ता बिभिन्न कुराका बारेमा उठाईएका बिषयहरुको महागरपालिकाका मेयर भीम पराजुलीले एक एक गरेर जवाफ दिदै बिराटनगर बनाउने जनताबाट हामीले जिम्मा पाएकाले ईमान्दार भएर काम गर्ने बताउनु भयो ।

अन्त्यमा महानगरका मेयर भीम पराजुलीले बिराटनगरलाई आर्थिक समृद्धि  तिर लैजाने र गुमेको बिराटटनगरको साख फिर्काउने छौे र सार्वजनिक सम्पातिको सरक्षण गर्ने समेत बताउनु भएको थियो ।


त्यसैगरी रंगेलीका मेयर तथा मोरग व्यापार संगका सदस्य दिलिप बगडियाले मलाई रंगेली शहर बनाउन जनताले अधिकार दिएका छन त्यो जनताले दिएको अधिकारलाई पुर्ण रुपमा पालना गर्दै रंगेली एउटा नमुना शहर बनाउने कोशीस गर्नेछु भन्नु भयो ।

बिराटनगरकै उपमेयर ईन्दीरा कार्कीले बिराटनगरमा पार्कको अभाव छ त्यासलाई हामीले मिले सिंघीय खोलाको किनारामा रहेको जमिन प्रयोगरेर पार्क बनाउने बताउनु भयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोईरालाले जनप्रतिनिधिहरुलाई प्रशासनिक आवस्यक पर्ने सहयोग गर्ने कुरा बताउनु भयो ।

प्रदिप कुमार  मुर्ररकाले नवनिर्वाचित जनप्रतिनिहरुको कार्यकाल सफल रहोस भन्दै सबैलाई स्वागत गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.