Websoft University

सप्तरी डुबान, नेता कता, किसानहरू प्रभावित

राजविराज, असार ३० गते । रातो तारा डट कम,सप्तरीमा हालै आएको बाढीका कारण रोपाइँ गरिएको धानबाली डुबानमा परेको छ ।

जिल्लाको विभिन्न खोला र नदीमा आएको बाढीका कारण अधिकांश खेतीयोग्य जमिन डुबानमा परेको छ । धानबाली डुबेर नष्ट भएको छ । खेतमा बालुवा र गिट्टी तथा पागोमाटो थुपारिएको छ ।

मोेहुली खोलामा आएको बाढीले तिरुहुत गाउँपालिकाको मैना कडेरी, भेडिया, त्रिकोल, पिपराहीलगायत गाउँमा धानखेत डुब्नुको साथै बाढीले ठाउँ ठाउँमा कटान गरेको छ । सयौँ बिगाहामा लगाइएको धानबाली नष्ट भएको स्थानीयवासी बिना तिवारीले बताउनुभयो ।

यस्तै कञ्चनरुप नगरपालिका र हनुमानगर कङ्कालनी नगरपालिकाको बैरवा, बदगामा, बरमझिया, पोर्ताहा, भारदह, सकरदही, हनुमानगर, इनरुवा, मधुवापुर, डलुवा, रम्पुरा मलहनीयालगायत गाउँमा बाढीले धानबालीमा क्षति पुगेको हनुमानगर कङ्कालनी नगरपालिका– २ का श्यामसुन्दर खडकाले बताउनुभयो ।

हनुमाननगर कङ्कालनी नगरपालिका– ९, १०, ११, १२ र १४ वडाको सयौँ बिगाहा जमिन डुबानमा परेको छ । धानबालीसमेत नष्ट भएको छ । जिल्लाको खाँडो र बलान खोलामा आएको बाढीले सकरपुरा, तिलाठी, लोनियालगायत गाउँ डुबानमा परेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.