Websoft University

विश्वकै सर्वोत्कृष्ट एयरलाइन’को रुपमा घोषित कतार एयरवेज

काठमाडौं,असार, २७ गते । रातो तारा डट कम,कतार एयरवेजले स्काइट्रयाक्स मार्फत प्रदान गरिएको ‘वल्र्ड्स बेष्ट एयरलाइन’ उपाधी हात पारेको छ । ‘विश्वकै सर्वोत्कृष्ट एयरलाइन’को रुपमा घोषित भएको खुशीयाली मनाउन कम्पनीले ४० प्रतिशत सम्मको फेयर डिस्काउण्ट योजना सार्वजनिक गरेको छ ।

अथक मेहेनत र आफ्ना यात्रुलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गरे बापत प्राप्त उक्त सफलताको खुशीयाली आफ्ना उपभोक्तासंग साट्न कम्पनीले आफ्नो वैश्विक सञ्जालमा छरिएर रहेका उत्कृष्ट होलिडे डेष्टिनेशन (छुट्टी गन्तब्य)को यात्रा गर्दा ४० प्रतिशत सम्मको छुट उपलब्ध गराएको छ ।

यसै हप्ता सञ्चालनमा ल्याइएको कम्पनीको वैश्विक विक्री अभियान ‘फ्लाइ विथ दि वल्र्डस् बेष्ट एयरलाइन’कै भागका रुपमा पनि छुट योजना लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.