Websoft University

उत्पादन बढाउन उन्नत जातको बीउको प्रयोग



रामपुर (पाल्पा) असार २६ गते । रातो तारा डट कम,पाल्पाका कृषक धेरै आम्दानी लिन हिजोआज स्थानीय जातको बीउको सट्टा उन्नत जात (हाइब्रिड) को बीउ प्रयोग गर्न थालेका छन् ।
तरकारी, खाद्यान्न, फलफूलको व्यावसायिक रुपमा खेती गर्ने कृषकले स्थानीय जातको तुलनामा उन्नत जातको बीउबाट उत्पादन राम्रो लिन सकिने भएकाले यसतर्फ आकर्षित भएका हुन् ।

कृषकले खाद्यान्न बालीअन्तर्गत धानमा स्थानीय जातको विकल्पमा उन्नत जातको यू यस ३१२ च्यापियन, राजा गोरखनाथजस्ता बीउको प्रयोग गरेका छन् । तरकारीखेतीतर्फ धेरै उत्पादन लिने गर्दा गोलभेँडा खेतीमा स्थानीय जातका बीउ नै हराइसकेको कृषकहरु बताउँछन् ।

रामपुरकी अगुवा कृषक निर्मला पोखरेलले स्थानीय जातका बीउ प्रयोग गरी गोलभेँडा खेती गर्दा लामो समयसम्म भण्डारण गर्न नसकिने भएकाले आफूले उन्नत बीउ प्रयोग गरी दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा गोलभेँडा खेती गरेको उल्लेख गर्नुहुन्छ । स्थानीय जातका बीउबाट धेरै उत्पादन लिन नसकिने हुँदा उन्नत जातको सिर्जना, सम्झना, अमिताजस्ता बीउको प्रयोग गरी व्यावसायिक रुपमा गोलभेँडा खेती गर्दै आएको कृषक पोखरेलको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालयले पनि कृषकलाई बीउको सिफारिस गर्दा उन्नत जातको प्रमाणित भएको बीउ प्रयोग गर्न सिफारिस गरेको बाली संरक्षण अधिकृत कफिल अहमदले बताउनुहुन्छ ।

स्थानीय र उन्नत जातको स्वादमा निकै फरक भएपनि थोरै जमिनमा धेरै उत्पादन लिने लक्ष्यले स्थानीय जातका परम्परागत बीउ लोप हुँदै गएको हो । किसानले छोटो समयमा धेरै उत्पादन लिन खोज्ने र स्थानीय जातको बीउ प्रयोग गर्दा वर्षमा एक पटक मात्र उत्पादन लिन सक्ने र उन्नत जातको बीउ प्रयोग गर्दा एक वर्षमा धेरै पटक लामो समयसम्म उत्पादन लिन सकिने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको हो ।

बजारका एग्रोभेटमा बीउ खरिद गर्न जाँदा कृषकले स्थानीय बीउभन्दा बढी उन्नत जातका बीउ नै खोज्ने गरेको रामपुरका व्यापारी कमल गौतम बताउनुहुन्छ । प्रमाणित गरिएका स्थानीय जातका बीउमा कृषक आफँैले विश्वास नगर्ने हुँदा उन्नत बीउ खरिदमा नै जोड दिने गरेको उहाँको भनाइ छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.