Websoft University

बिराटनगर महानगरपालिकामा बिनोद ढकाललाई उठाउने पाटीको निर्णय



बिराटनगर जेठ २७ गते । रातो तारा डट कम,नेकपा एमाले पाटीले बिराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारमा बर्तमान मोरङ जिल्ला पाटी अध्यक्ष बिनोद ढकाललाई उठाउने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको आज शनिबार बसेको बैठकले बिराटनगर महानगरसँगै धरान र इटहरी उपमहानगरपालिकाको पनि उम्मेदवार टुंगो लगाएको छ ।

एमालले बिराटनगरको मेयरमा ढकाललाई उम्मेदवार बनाए पनि उपमेयरको उम्मेदवार घोषणा गर्न बाँकी छ । परिस्थितिको विश्लेषण र स्थानीय रायसल्लाहमा निर्णय गर्ने अधिकार प्रदेश नम्बर १ का संयोजक भीम आचार्यलाई पाटीले अधिकार दिइएकोछ ।

धरानको मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारीलाई उम्मेदवार बनाइएको छ । इटहरीको मेयरमा द्धारिकालाल चौधरी र उपमेयरमा लक्ष्मी गौतमलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले सचिव योगेश भट्टराईले बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.