Websoft University

युवा संघको चुनावी कार्यक्रम सिंहदेवीमा


 
केराबारी,मोरङ,जेठ २७ गते । रातो तारा डट कम,स्थानीय तहको चुनाव नजिकिदै गर्दा केराबारी गाउँपालिका -२,सिंहदेवी मोरङमा युवा संघले विशाल चुनावी आमसभा सम्पन्न भएको छ।

युवा संघ नेपालका केन्द्रीय सचिव पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य विपिन ढकाल,युवा संघ धनकुटाका दिपेश लिम्बू,नेकपा एमाले प्रदेश न.१ सदस्य डिल्लीराम शर्मा अधिकारी,वडा न.२का अध्यक्षका उम्मेद्बार प्रेम लिम्बू,युवा संघकै सुवास भुजेल लगायतका अतिथिहरुको उपस्थित रहेको थियो।

विपन राईको संचालन र युवा संघ सिंहदेवी अध्यक्ष देवी लिम्बूको सभापतित्वमा भएको उक्त चुनावी सभामा २५०जनाको उत्साहजनक सहभागिता रहेको युवा संघका अध्यक्ष देवी लिम्बूले बताए ।

कार्यक्रम विभिन्न पाटी परित्याग गर्दै १५जना युवाहरू नेकपा एमालेमा प्रवेश गरेको लिम्बूले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.