Websoft University

वन क्षेत्रलाई संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गरोै: राष्ट्रपति भण्डारी



काठमाडाैं, जेठ २२ गते । रातो तारा डट कम-राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ तथा मनोरम वातावरण र जीवनको पर्याय वन क्षेत्रलाई संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न मन, वचन र कर्मले लाग्न आह्वान गरेकिछन् ।

विश्व वातावरण दिवसका अवसरमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयद्वारा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवम् संवर्दन गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न सबैमा अपिल गरिन ।

राष्ट्रपति भण्डारीले भनिन , ‘जलवायु परिवर्तनको प्रभाव वातावरणीय ह्रास विकास र वातावरण बीचको सन्तुलनलाई सम्बोधन गरी प्रत्यक्ष तथा स्वच्छ वातावरण सिर्जना गर्न हामी सबै गम्भीर भएर लाग्नुपर्दछ ।’

राष्ट्रपति भण्डारीले वातावरण दिवस मनाउनु एउटा औपचारिक विषय मात्र नभएको भन्दै प्रकृतिलाई सिँगार्दै नेपालमा सिङ्गो, सामाजिक, आर्थिक, विकास गर्ने लक्ष्यप्रति दृढ सङ्कल्प गरी त्यसलाई महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिइन ।

‘जलवायु परिवर्तनका कारण विश्वमा वातावरण विनाश भइरहेको सन्दर्भमा प्राकृतिक र जैविक विविधताले सम्पन्न राष्ट्र नेपालका लागि वातावरण दिवस मनाउनुको आफ्नै विशेष महत्व रहेको छ’, राष्ट्रपति भण्डारीले भनिन् ।

नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र समुदाय विकास साझेदारलगायत आम नागरिक सचेत र प्रतिबद्ध रहनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।
उनले प्रकृति तथा मावन बीचको सम्बन्ध अभिन्न अङ्ग रहनाले स्थानीय समुदायले जल, जङ्गल र जमिनको संरक्षण गरी वातावण संरक्षणमा पुर्‍याएको उल्लेख्य योगदानको कदर गरिन् ।

भौगोलिक तथा सामाजिक महत्व बोकेको चुरे क्षेत्रको प्राकृतिक वातावरण यथावत् राखिरहन सञ्चालित ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, संरक्षित क्षेत्र, जलाधार संरक्षण आयोजनाजस्ता कार्यले विश्व वातावरण सन्तुलन कायम राख्न मद्दत पुर्‍याइरहेको राष्ट्रपतिले बताइन ।

सन् १९७२ मा सम्पन्न संयुक्त राष्ट्र सङ्घको साधारणसभाले विश्वमा हरेक वर्ष जुन ५ का दिन विश्व वातारण दिवस मनाउने घोषणा गरेअनुरूप विश्वभर विभिन्न कार्यक्रमसहित जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिएको पाइन्छ। यस वर्षको नारा ‘प्रकृतिसँग हाम्रो सम्बन्ध रहिरहोस् अनन्त’ भन्ने रहेको छ ।

समारोहमा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै आर्थिक, सामाजिक विकासले गति लिइरहेको अवस्थामा वातावरण विकासले समेत गति लिन थालेको बताए ।

वातारण संरक्षण समितिका कार्यवाहक सभापति मानबहादुर विश्वकर्माले संविधानको कार्यान्वयनस्वरूप वातावरण संरक्षण तथा प्रवद्र्धनबारे स्थानीय निकायले महत्वपूर्ण भूूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले पछिल्लो तथ्याङ्कअनुसार वन क्षेत्रले ओगटेको क्षेत्र विगतको तुलनामा झन्डै पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको बताए ।

मन्त्रालयले यस वर्षको ‘वातारण संरक्षण पुरस्कार’ महिला बालबालिका तथा वातावरण सुधार केन्द्र मकवानपुरलाई प्रदान गरेको छ । सोही पुरस्कार वातावरण अभियन्ता कैलालीका लालबहादुर रावललाई प्रदान गरिएको छ ।

पुरस्कारको राशि जनही रु एक लाख ५० हजार रहेको छ ।
त्यसैगरी, वातारण संरक्षण महिला पुरस्कार इन्दिरा पराजुली (कास्की) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

वातारणमैत्री उद्योग पुरस्कार युनिलिभर नेपाल (संस्था), वातारण पत्रकार पुरस्कार लक्ष्मीप्रसाद उपाध्यक्ष र जलवायु परिवर्तन व्यवस्थापन पुरस्कार अभिषेक श्रेष्ठ (मोरङ)लाई प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमशः रु २५ हजार, ५० हजार र २५ हजार रहेको छ ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले वातावरण संरक्षणका लागि मोटरसाइकलमा दक्षिण एसियाली मुलुक यात्रा गर्न लाग्नुभएका युवालाई नेपालको झन्डा प्रदान गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.