बिराटनगर असार २ गते । रातो तारा डट कम,नेपाल आयल निगमले आजै शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो।
निगमले दिएको जानकारी अनुसार तीनवटै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५० पैसा घटाएको कुरा उल्लेख गरेकोछ।नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा उपभोक्ताले प्रप्त गर्नेछन् ।
यसअघि १०१ रुपैयाँ ५० पैसा लिटरको पेट्रोलका १।५० रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिएका हुन ।
यस्तै डिजेल र मट्टतिेल लिटरमा १।५० रुपैयाँ सस्तो भएर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टतिेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँमा पाइन्थ्यो ।
एलपीजी ग्यासको मूल्य भने घटाइएको छैन । अहिले ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाए पछि निगमले मुल्य
समायोजन गरेको कुरा जनाएकोछ ।
निगमलाई नयाँ मूल्य कायम गर्दाका बखत रू ७६ करोड रुपैयाँ नाफा रहेको पनि आफनो समचारमा उल्लेख गरेकोछ।
त्यसैकारण अहिले नेपालबाट तेल तस्करी भएर भारत जाने गरेको दावी निगमको छ । मूल्य धेरै घटाउँदा तेलको तस्करी उच्च हुने निगमका अधिकारीहरू बताउँछन् ।
Post a Comment