बिराटनगर, असार ३ गते । रातो तारा डट कम,
केही साता अगाडिसम्म एउटै आन्दोलनका सहयात्री राजपा कार्यकर्ताले कालो झण्डा देखाइरहँदासंघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बिराटनगरमा मुकाम बनाएरै बसिरहेका थिए ।
पछिल्लो समय मोरङलाई बढी महत्व दिइरहेका यादवले बिराटनगर महानगरपालिकामा तालमेलको रणनीति बनाएको चर्चाले निकै ठाउपाएकोउपाएकोछ
असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा बिराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुवैमा उम्मेदवार घोषणा गरेर यादव बिहीबार काठमाडौं फर्किएका छन् ।
यादवले बिराटनगरमा चुनावी तालमेलका लागि एमालेसँग समेत सहयोगको हात बढाएको चर्चा तत्काल पत्याउन गाह्रो भए पनि राजनीतिमा असम्भव नहुन सक्छ धेरैले भनेकाछन ।
राजनीतिमा यस्तो कुरालाइ भएछ भने संयोग नै मान्नुपर्छ, एमालेले अहिलेसम्म मेयरमा विनोद ढकालको प्रचार अभियान अघि बढाए पनि उपमेयर उम्मेदवार घोषणा गरेको छैन ।
बिराटनगरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेलको चर्चा एकाएक चले पनि कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बुले तालमेल नभएको बताए । यद्यपि केन्द्रबाट तालमेलका लागि दबाब दिइएको स्रोतको दाबी छ ।
Post a Comment