अर्जुन जम्नेली राइ-मोरङ-पथरी,असार ४ गते । रातो तारा डट कम-पथरशनिश्चरेको नगरको सदरमुकाम पथरी बजारमा ¥यालीपछि सात वटा पार्टी र स्वतन्त्रले मेयर, उपमेयरमा मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन आयोगको कार्यक्रम अनुसार आइतबार नगरमा उत्साहजनक रुपमा मनोनयन दर्ता भएको हो । कांग्रेस, एमाले, माओवादी, संघीय समाजवादी—नयाँ शक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी, मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले प्रदर्शनपछि उमेद्वार मनोनयन दर्ता गरेका हुन् ।
कांग्रेसबाट मेयरमा गणेश खड्का, उपमेयरमा प्रेमला राई, एमालेबाट दिलिपकुमार राई, उपमेयरमा यमुना विष्ट, नेकपा (माओवादी केन्द्र)का जहरमान लिम्बू र टंकमाया गौतम, संघीय समाजवादी—नयाँ शक्तिबाट देवराज भण्डारी र उपमेयरमा खिनामाया लिम्बूको मनोनयन दर्ता भएको छ।
त्यसैगरी राप्रपाले मेयरमा हेमा ढुङ्गाना र उममेयरमा पुष्प चौहानको मनोनयन दर्ता गरेको छ । जनजागरण पार्टीले डेबिट राई र उपमेयरमा चन्द्रकुमारी जवेगुको मनोनयन गरेको छ । मोहन बैद्य नेतृत्वको पार्टी सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चाको तर्फबाट मेयरमा सन्तोष गुरुङ, उपमेयरमा शर्मिला बस्नेतको नाम मनोनयन भएको छ ।
मेयरको लागि स्वतन्त्रमा बिजय खम्बू र उपमेयरमा भिमल मगरले मनोनयन तर्दा गराएका छन् । बैद्य माओवादीको मोर्चाले समेत स्वतन्त्र हैसियत मनोनयन दर्ता गरेका हुन् ।
वडा अध्यक्षहरुमा १ नम्बरमा धनकुमार तामाङ, २ बाट रत्नबहादुर बस्नेत, ३ बाट काबुलबहादुर मगर, ७ बाट रत्नबहादुर कार्कीले स्वतन्त्र वडा अध्यक्षमा मनोनयन गर्दा गरेको निर्वाचन अधिकृत चेतकुमार पोखरेलले बताए ।
तामाङ, बस्नेत र कार्की एमाले कार्यकर्ता हुनभने काबुलबहादुर मगर लिम्बुवान पार्टीका हुन् ।
मधेसी र थारु आन्दोलनमा पारिएकालाई सहिद घोषणा गरिएकोमा कार्कीको आपत्ति नेकपा (एमाले)का केन्द्रीय सदस्य हिक्मत कार्कीले कैलालीको टिकापुर र मधेस आन्दोलनमा मारिएका समुदायलाई करोडौ रकम दिइएको भन्दै सरकारको कडा विरोध गरेका छन् ।
आइतबार पथरीशनिश्चरे नगरमा मनोनयन दर्ता गर्नुअघि आयोजित सभामा बोल्दै कार्कीले सो कुरा बताएका हुन् । मधेस आन्दोलन र कैलालीको टिकापुरमा थारु समुदायको आन्दोलनमा मारिएका व्यक्तिहरुलाई प्रचण्ड सरकारले सहिद घोषणा गर्दै पीडित परिवारलाई राहत रकम वितरण गरेका थिए ।
क्षतिपूर्तिको नाममा राज्यको करोडौं रकम सकिएको भन्दै कांग्रेस र माओवादी गठबन्धन सरकारको विरोध गरेका हुन् । सरकारले टिकापुर घट्नाको मुद्धा फिर्ता लिएपनि प्रहरी प्रमुख प्रकाश अर्याल चुपचाप बासेको भन्दै विरोध गरेका छन् ।
घोषित संविधान भारतले कार्यान्वयन हुन नदिने षड्यान्त्रमा रहेको उनको आरोप थियो । कार्यक्रममा नगरको लागि मेयरको उमेद्वार किशोर राईले समर्थकसाँमु प्रतिबद्धता राखेका थिए ।
Post a Comment