Websoft University

जनतालाई म झुट्टा सपना बाड्दिन: पराजुली


कौशल निरोैला-विराटनगर,असार ४ गते । रातो तारा डट कम-
नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरका  उम्मेदवार भिम पराजुलीले काल्पनिक र भ्रमको खेती गरेर जनतालाई झूटा सपना नबाड्ने बताएका छन् ।

आइतवार उमेद्वारी दर्ता गरेपछी सबांददाताहरुसंग बोल्दै पराजुलीले झुटासपना बाढेर आम मानिसलाई निराश बनाउने भन्दा गर्न सकिने कामको फेहरिस्त बाहिर ल्याउने बताए ।

पराजुलीले भने “सामाजिक सुरक्षा ,सुशासन,मैत्रीपूर्ण सामाजिक सद्भाव र रोजगारीको व्यवस्था ,शिक्षा,स्वास्थ्य र स्वच्छ विराटनगरको परिकल्पना मेरा आधार हुन् । पराजुलीले समृद्ध विराटनगरको परिकल्पना बाट महानगरले विकासको बाटो पहिलाउनेमा आम महानगरबासीलाई बिश्वस्त हुन आग्रह गरे । सवैले चुनावी नारा दिन्छन् तर मेरो नारा मात्र होइन कामको शुरुवात जितेकै दिनवाट हुने छ ।

पराजुलीले भने मैले जितेको ३ महिनामै विकासको गति बाट आम महानगरवासीमा उत्साह भरिने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.