काठमाडौ,असार ६ गते । रातो तारा डट कम-नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सघाउन केन्द्रीय नेताहरुलाई जिल्ला पठाउने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवम् वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा आज बसेको समितिको बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउन ३५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।
यसरी खटिने केन्द्रीय नेताहरुमा मोरङको विराटनगर महानगरमा पूर्वगृहमन्त्री विमलेन्द्र निधि रहनुभएको छ भने नेताहरु प्रकाशमान सिंहलाई सङ्खुवासभा, अर्जुननरसिंह केसीलाई सुनसरी, चित्रलेखा यादवलाई बर्दिया र गगन थापालाई दार्चुलामा खटाइएको काँग्रेसले जनाएको छ । रासस
Post a Comment