Websoft University

आरोप पुष्टि गर्न यादवले राजपाका नेतालाई चुनौती दिए



काठमाडौं, असार ६ गते । रातो तारा डट कम,संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध लगाएको आरोप
पुष्टि गर्न राजपा नेतालाई चुनौती दिएका छन् ।

फोरम नेपालका अध्यक्ष यादवले आरोपको खण्डन गरेका छन्। ‘जसले यस्तो घटिया आरोप लगाएको छ,उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस् प्रमाण दिन सक्दैन भने मधेशी जनतासँग सार्वजनिक रुपमा माफी मागोस्’ फोरम नेपालका अध्यक्ष यादवले भनेका छन् । राजपा नेपालका नेता मनिस सुमनले यादवमाथि पैसा लिएर चुनावमा गएको आरोप लगाएका थिए ।

राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेको भन्दै उनले दिग्भ्रमित राजपा नेताहरुले घटिया अभिव्यक्ति दिन थालेको यादवको टिप्पणी छ । राजपा आफै बाहिरबाट परिचालित पार्टी भएको टिप्पणी गर्दै यादवले भने,’अरुमाथि यसरी आरोप लगाउने राजपा जस्तो पार्टीको आयश्रोत के हो रु कहाँबाट संचालित छ रु कसरी चलेको छ र यसको जवाफ राजपासँग छ।

राजपा नेताहरुसँग राजनीतिक एजेन्डा नै नभएको भन्दै उनले अरुको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेको बताएका छन् । ‘यस्ता वाहियात अभिव्यक्तिले प्रमाणित हुन्छ कि राजपा नेताहरु आन्दोलनबाट विचलित भइसकेका छन् । राजपाको यस्तो तल्लोस्तरको गैरजिम्मेबार हर्कत मधेशका लागि घातक छ’( अध्यक्ष यादवले भने ।

अध्यक्ष यादवले राजपा नेताहरुलाई सन्तुलन नगुमाई संयमित रहन, निष्ठा एवं एजेन्डामुखि राजनीति गर्न आग्रह गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.