Websoft University

एमालेले बिराटनगरलाई ग्रीन सिटी बनाउने प्रतिबद्धता-पत्र सार्वजनिक गर्यो



विराटनगर, असार ५ गते । रातो तारा डट कम-विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार विनोद ढकालले महत्वकाक्षी योजनासहितको १८ पेजको आफ्नो प्रतिवद्धता पत्र आज सार्वजनिक गरेका छन् ।


एमाले उम्मोदवार ढकालले पाँच वर्षभित्र विराटनगरलाई मेघा सिटी बनाउनेदेखि प्रदेश नम्वर १ को राजधानी वनाउने र महानगरबासीको घरको खरको छानोलाई विस्तापित गरी जस्ताको छानो हाल्ने योजनाका साथै सुकुम्बासी समस्या समाधान गर्ने सम्मका योजना रहेको प्रतिबद्धता पत्र मार्फत आफ्नाकुरा अघि सारेका छन् ।

आज सोमबार एमाले विराटनगर महानगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पोलिटव्युरो सदस्य लालावावु पण्डित लगायतले प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए । एमालेको प्रतिवद्धतापत्रमा पाँच वर्षभित्र विराटनगरलाई मेघा सिटी र दश वर्षभित्र देशकै नमुनाका रुपमा समृद्ध सिटी वनाउने दाबी समेत गरेकाछन छ ।

विराटनगरलाई चीन र भारतको पारवहनको केन्द्र वनाउने एजेण्डालाई महत्व गरेकाछन । स्वच्छ, सफा, हरियाली नमुना नगर निर्माण गरी आन्तरिक र बाहृय पर्यटनको गन्तव्य बिराटनगर लाई बनाउने लक्ष्य पनि प्रतिवद्धता पत्रमा समावेश गरिएको भनेका छन ।

एमाले उम्मेदवार ढकालले आर्थिक क्षेत्रको उद्गम थलो विराटनगर भएको भन्दै औद्योगिक नगरी वनाउन पहल गर्ने पत्रकारहरूलाइ सन्चार ग्राम मार्फत सहयोग गर्ने जस्ता कुरा सुनाएका छन । उनले अन्य नगरसँग सहकार्यमा एकीकृत गरी फोहोर व्यवस्थापन गर्ने, विराटनगरलाई व्यापारिक तथा व्यावसायिक गतिविधिको केन्द्र बनाउने, लगायतका आफ्नो योजना कार्यक्रममा सुनाएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.