Websoft University

सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण तालिम सुरू


इलाम, जेठ २९ गते । रातो तारा डट कम-स्थानीय निकायको निर्वाचनमा खटिएका मतदान तथा सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण तालिम हिजो देखि इलाममा सुरू भएको छ । 

जिल्ला निर्वाचन कार्यालयको आयोजनामा भएको तालिममा २८० जना मतदान र सहायक मतदान अधिकृतको सहभागिता रहेको छ । 

पहिलो चरणमा जेठ २८ र २९ गते र दोस्रो चरणमा जेठ ३० र ३१ गते अभिमुखीकरण आयोजना गरिएको छ । दोस्रो चरणमा २४३ जनालाई तालिम दिइने छ । 

तालिमलाई मुख्य निर्वाचन अधिकृत नवराज दाहाल, १० वटै स्थानीय निकायका निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्ले, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी उपरीक्षक सुशीलकुमार यादवलगायत १४ जनाले सहजीकरण गर्ने जिल्ला निर्वाचन कार्यालयका नासु खेम राईले जानकारी दिनुभयो । 

तालिममा मुख्य निर्वाचन अधिकृत दाहालले मतदान र सहायक मतदान अधिकृतलाई मतदान केन्द्रमा पुगेर गर्नुपर्ने काम र कर्तव्यको बारेमा जानकारी गराइएको बताउनुभयो । 

तालिमपश्चात् असार ३ गतेसम्ममा मतदान अधिकृत, सहायक मतदान अधिकृत, गणना कर्मचारी, सहयोगी कर्मचारीको जिम्मेवारी बाँडफाड गरिने मुख्य निर्वाचन अधिकृत दाहालले बताउनुभयो । 

मतदान र सहायक मतदान अधिकृत असार १० गतेसम्ममा आ–आफ्नो कार्यक्षेत्रमा खटिइसक्नुपर्नेछ । असार ११, १२ र १३ गते सम्बन्धित मतदान केन्द्रबाट मतदातालाई परिचयपत्र वितरण गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

एक लाख ८९ हजार २७४ मतदाता रहेको इलामका चार नगरपालिका र छ गाउँपालिकामा २० जना प्रमुख र उप्रमुख, ८१ जना वडाध्यक्षसहित ४२५ जना प्रतिनिधि चयन हुने भएको कुरा राससले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.