सप्तरी, जेठ २९ गते । रातो तारा डट कम,निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादवले पछिल्लो पटक घोषणा भएको असार १४ गतको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन् ।
हिजो आफ्नो गृहनगर सप्तरी पुगेका डा. यादवले सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा असार १४ गते नै निर्वाचन हुनेमा जनता आशावादी रहेको बताएका थिए ।
आफ्नो जिल्लामा आएलगत्तै कार्यक्रम गरेर उनले भने, ‘असार १४ गतेको निर्वाचनबारे जनतालाई कुनै किसिमको भ्रम छैन, गुणन(भागा)गर्नेलाई नै बढी भ्रम रहेको छ ।’
स्थानीय निकायको निर्वाचनबारे सरोकारवालाहरुसँग गरिएको अन्तर्क्रिया कार्यक्रममा उनले निर्वाचनका बारेमा कुनै आशंका नगर्न सबैलाई आग्रह गरे ।
०६४ साल र ०७० सालको संविधानसभा निर्वाचनमा पनि निर्वाचन हुँदैन भनेर भ्रम छरिए पनि चुनाव सफल भएको स्मरण गर्दै उनले बैशाख ३१ गतेको पहिलो चरणको स्थानीय चुनाव पनि धेरैको आशंकाबीच आम जनताकै सकृयता मा सफल भएको बताए ।
उम्मेदवारले सोधे(टोपी र टी-सर्ट ) लगाउन किन नपाइने
कार्यक्रममा उपस्थित फोरम लोकतान्त्रिकबाट राजविराज नगरपालिकाको उम्मेदबार शैलेश चौधरीले सोधेको जबाफमा यादवले भने- पहिलो चरणको निर्वाचनमा चुनाव चिन्ह अंकित टि -सर्ट, टोपीहरु प्रयोग गर्न छुट दिइए पनि दोस्रो चरणमा किन नदिने रु भन्दै प्रश्न गरेका थिए ।
चौधरीले सुरक्षा अवस्थाबारे पनि प्रमुख आयुक्तसँग जिज्ञासा राखेका थिए ।
पहिलो चरणको चुनावमा पनि चुनाव चिह्न अंकित टोपी र टिसर्ट प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन दिएको तर, उम्मेदवारहरुले पालना नगरेको प्रमुख आयुक्त यादवले जवाफ दिए ।
निर्वाचन आयोगको निर्देशन अटेर गर्नेहरुलाई स्पष्टीकरण सोधिएको उनले जानकारी दिए ।
आचारसंहिता पालना गर्न सबै उम्मेदवारहरुलाई आग्रह गर्दै यादवले भने, ‘सबैले पालना गर्नुहुन्छ भन्ने विश्वास लिएको
छु ।’
Post a Comment