Websoft University

मन्त्रालयले कर्मचारी समायोजन अघि स्थानीय तहमा कर्मचारीहरुको बढुवामा रोक लगायो



काठमाडौं , जेठ २९ गते ।  रातो तारा डट कम-स्थानीय विकास मन्त्रालयले कर्मचारी समायोजन अघि स्थानीय तहमा कर्मचारीहरुको बढुवा र पदपूर्ति नगर्न निर्देशन दिएको छ । मन्त्रालयले सर्कुलर जारी गरी समायोजनको गृहकार्य भइरहेका बेला पदपूर्ति र

मन्त्रालयले सर्कुलर जारी गरी समायोजनको गृहकार्य भइरहेका बेला पदपूर्ति र बढुवा गर्दा कर्मचारी समायोजनमा जटिलता आउने भन्दै त्यस्तो नगर्न निर्देशन दिएको हो ।
तर मन्त्रालयले स्थानीय स्वायत्त शासन नियामावली २०५६ को २२५ (ख) बमोजिम कार्यसम्पादन तथा अनुभवको मूल्यांकनद्वारा गरिने बढुवा भने गर्न सकिने बताएको छ ।
मन्त्रालयले स्थानीय तहमा भर्ना भएका कर्मचारीहरुको हकमा त्यस्तो निर्देशन दिएको हो । केन्द्रमा भर्ना भएका कर्मचारीहरुको सरुवा, बढुवा र पदपूर्ति यसअघि नै सरकारले रोक लगाइसकेको छ ।

मन्त्रालयले ०७३ फागुन ९ गतेपछि विज्ञापन भएका पदहरुमा अर्को व्यवस्था नहुँदासम्म बढुवा र पदपूर्तिको प्रक्रिया अघि नबढाउन भनेको हो ।

आवश्यक कर्मचारी भर्ना र बढुवा गर्न जिल्ला समन्वय समितिको कार्यालय, नगरपालिकाको कार्यालयबाट पदपूर्ति सम्वन्धी सहमति, प्रतिनिधि र राय माग भइआएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.