Websoft University

गुठीले बीरामी बालबालिकाहरुलाई फलफूल वितरण गरो


विराटनगर, जेठ २९ गते । रातो तारा डट कम-शैलजा आचार्यको ८ औं स्मृती दिवसको अवसर पारेर कृष्ण प्रसाद कोइराला सेवा गुठीले कोशी अञ्चल अस्पतालमा भर्ना भएका बीरामी बालबालिकाहरुलाई फलफूल वितरण गरेको छ ।

गुठीले सोमबार अस्पताल परिसरमै पुगेर बालबालिकाहरुलाई करिब ५० हजार मुल्य बराबरको फलफूल वितरण गरेको हो ।
गुठीले शैलजा आचार्यको स्मृती दिवसमा प्रत्यके वर्ष सामाजिक कार्य गर्दै आएको गुठीको अध्यक्ष मिता आचार्यले जानकारी दिनुभयो ।

 गुठीका अध्यक्ष आचार्य, सदस्यहरु ज्योती आचार्य, शान्त अधिकारी, मोहनलाल महतो, विकाश पराजुली, शैलजा आचार्य पोलिोटेक्निको प्रमुख शन्तबहादुर अधिकारी, नर्सिङ्ग प्रमुख अजिता मुक्ताङ्गलगायले फलफूल वितरण गर्नुभएको थियो ।

गुठीले सोमबारनै जेहन्दार तथा आर्थिक विभिन्न सामुदायका १५ जना छात्रा विद्यार्थीहरुलाई पुस्कृत समेत गरेको छ । विभिन्न सामुदायिक विद्यालयहरुमा अध्ययन विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको हो ।

अध्ययन गर्न थप सहयोग मिलोस भनेर गुठीले शैलजा आचार्यको स्मृती दिवसमा प्रत्यके वर्ष विद्यार्थीलाई पुरस्कृत गर्दै आएको बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.