रबिन्द्र बराल-रंगेली,माेरङ,जेठ २९ गते साेमबार । रातो तारा डट कम-माेङकाे रंगेली नगरपालिका ७ काे मुख्य बजारमा अाईतबार राति चाेरी भएको छ ।
मुकेश इलाेक्ट्राेनिक एन्ड माेवाईल पसलमा चाेरी भएको हाे ।
उक्त दाेकानबाट चाेर ले ७ वटा नयाँ माेवाईल,६ वटा पुरानो माेवाईल,१९ बटा हाते घडि,२ बटा रेडियो ,२ बटाअाईपाेड,
गरि २० हजार रुपैयाँ बराबरको सामान चाेरी भएको मुकेश इलाेक्ट्रेनिक का सन्चालक सन्ताेष कुमार साहले बताए।
स्थानीय निकायकाे चुनाव नजिकीदै जाँदा प्रहरीलाई अझ चुनाैती थपिएको छ। अहिले रंगेली मा प्रहरी हरुकाे बाक्लो उपस्थित हुदाँसमेत रंगेली काे मुख्य बजारमा चाेरी हुदाँ ब्यपारीहरु अाफु असुरक्षित भएको महसुस गर्ने थालेका
छन। रंगेली काे मुख्य वजार देखि ७ सय मिटर भित्रमा रहेको प्रहरी कार्यलय र ४ किलोमिटर टाढा रहेको ससस्त्र बिअाेपी रहेता पनि रंगेली काे मुख्य बजारमा चाेरी हुनु भनेकाे चाेर ले नेपाल प्रहरी र ससस्त्र प्रहरीलाई चुनाैति दिएकाे छ ।
यता चाेरकाे ब्यपाक रुपमा खाेजिकार्य भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख सन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।
Post a Comment