Websoft University

नेपाली कांग्रेसका तर्फबाट बिराटनगरको मेयरको उम्मेदवार पराजुली



बिराटनगर जेठ ३१ गते । रातो तारा डट कम,कांग्रेसबाट
दोस्रो चरणको निर्वाचनको केन्द्र बनेको विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारमा नेपाली कांग्रेसबाट भीम पराजुलीलाई उठाउने निर्णय गरेको छ ।

पराजुली कांग्रेसको नगर सभापतिसमेत हुन् । लामो रस्साकस्सीका बीच पराजुलीले उम्मेदवारको टिकट पाएका हुन् । उम्मेदवारका लागि सांसद अमृत अर्याल, कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, नेता विश्वनाथ रिजाल आकांक्षी थिए ।
सभापति देउवाले अर्याललाई मेयरको उम्मेदवार बनाउने अन्तिमसम्म प्रयास गरे पनि केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, महेश आचार्यलगायतको जोडबलका कारण पराजुलीले टिकट पाएका हुन् । त्यस्तै कांग्रेसले उपमेयरमा इन्दिरा कार्की (इन्दु)लाई उठाउने निर्णय गरेको छ । उनी पनि कांग्रेसको राजनीतिमा लामो समय बिताएकी नेतृ हुन् ।

यसअघि नेकपा एमालेले विनोद ढकाल र नेकपा माओवादी केन्द्रले भोगेन्द्र यादवलाई मेयरको उम्मेदवार बनाइसकेको छ । माओवादी केन्द्रले उपमेयरमा नमिता न्यौपानेलाई अघि सारेको छ भने एमालेले अझै टुंगो लगाएको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.