काठमाडौं, असार १ गते । रातो तारा डट कम,प्रमुख तीन दल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अब के गर्ने भन्दै सल्लाह मागेका थिए । राजपा नेताहरुले आफूहरुको कुनै माग पुरा नभएको भन्दै यथास्थितिमा चुनावमा नजाने बताए ।
तर, चुनावको मिति सारे सहभागी हुने प्रतिवद्धता नजनाएको एक नेताले बताएका छन् ।
एमाले नेताहरुले भने असार १४ मै चुनाव हुनु पर्ने अडान राखेका छन् । साथै चुनाव अघि संविधान संशोधन र स्थानीय तहको संख्या बढाउन नसकिने बताए ।
एमाले नेताहरुले कांग्रेस(माओवादी र राजपा सत्ता पक्ष भएको भन्दै सहिद घोषणा, घाइतेको उपचार खर्च लगायतका माग आपसमा बसेर पुरा गर्न भनेका छन् ।
चुनाव सार्ने कुरा स्वीकार्य नभएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
Post a Comment