Websoft University

नेपालको संबृद्धि र जनताको सुःखको लागि माओवादीलाई भोटः नेता न्यौपाने



अर्जुन जम्नेली राई-पथरी,असार ३ गते । रातो तारा डट कम, नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालय सदस्य लेखनाथ न्यौपानेले संबृद्ध नेपाल, नयाँ ढंगको स्वतन्त्रता र सुख चाहने जनताले माओवादीलाई भोटदिनुपर्ने बताएका
छन् ।


मोरङको पथरीशनिश्चरे नगरपालिकामा  हिजो आयोजित सभालाई सम्बोधन गर्दै नेता न्यौपानेले सो कुरा बताएका हुन्। पार्टी सम्बद्ध अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपानेले चुनाव जितेपनि नजितेपनि माओवादीहरु जनताको सेवामा निरन्तर लागिरहने बताए ।

स्थानीय तहको निर्वाचन हिजोको भन्दा बिलकुल फरक भएको जनाउदै भोट दिदा विवेक प्रयोग गर्नुपर्ने उनले बताए । यो निर्वाचनबाट स्थानीय सरकार गठन गर्ने, फौजदारी मुद्धा बाहेकका केसहरु स्थानीय  सरकारले नै निर्णय गर्ने बताए ।

त्यहाँ फैसला हुन नसकेका मुद्धा नगरको न्यायिक समितिको सिफारिसमा मात्र जिल्ला अदालतमा फैसलाहुने भएकोले माओवादीको चुनाव चिन्हमा मदतान गर्न आग्रह गरे ।

छिमेकीहरुलाई बिनकारण गालि गर्ने अनि दौरा सलवार टोपी लगाउदैमा राष्ट्रवादी नभइने नेता न्यौपानेको भनाइ थियो । एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै न्यौपानेले भने ‘राष्ट्रघात गरेको ठूलै दस्तावेज भेटिन्छ, नेपाली जनताले राष्ट्रियताको कुरा गर्ने नेताहरुको आत्माबाटै राष्ट्रवादी कुरा आएका हुन कि पद छोडेको पीडाबाट ?।’ राष्ट्रवादी र राष्ट्रघाति को हुन पत्ता लगाउन पार्टी र नेताहरुको इतिहास हेर्नुपर्ने उनले बताए ।

माओवादीले गरेको राष्ट्रघातको एउटा घट्ना भेटे पार्टीका नेताहरु जनतासामु कान समायर उठबस गर्न तयार छौ । विद्युत चोरी गरेर बिक्री गर्ने, नदी, चुरेका ढुङ्गा माटो र रुख तस्करी गरेर बेच्नेहरु कदापि राष्ट्रवादी हुन नसक्ने बताए ।
कार्यक्रममा पार्टीको पोलिटब्युरो सदस्य तथा आदिवासी जनजाति राष्ट्रिय मोर्चाका केन्द्रीय सचिव दुर्गा राईले महाकाली र टनकपुर बिक्री गर्ने एमालेलाई राष्ट्रवादी कुरा गर्न नसुहाउने बताए ।

पार्टीको पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कुशल लिम्बूको सहभागिता रहेको कार्यक्रममा  मेयरका उमेद्वार जहरमान लिम्बूले आफूहरुको टिमले जितेमा सुकुम्बासी समस्या समाधान गरेरै छाड्ने बताए ।

खोलामा तटबन्धन, कार्यकालभित्रै सम्पूर्ण सडक कालोपत्रे, खोलामा पुल निर्माण, शिक्षा र स्वास्थ्यलाई व्यस्थित गर्ने लगायतको प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा उपमेयरका उमेद्वार टंकमाया गौतम, १ नम्बर वडा अध्यक्ष कमल हाङबाङ्ग लगायतले बोलेका थिए ।

सभाअघि हजारौको संख्यामा सहभागि माओवादी कार्यकर्ताहरुले जस्को जोत उस्को पोत कायम—गर्छौ गर्छौ, माओवादी केन्द्रको विजय—सुनिश्चित छ लगायतको नारा लगाउदै पथरी बजार परिक्रमा गरेका थिए ।

¥याली रत्नचौक, यलम्बर चौक, बिशाल चौक, विष्टलाइन, विशालचौक, मन्दीरलाइन हुदै लोकतान्त्रिक चौकमा आएर कोणसभामा परिणत भएको थियो । दलहरुमा जन(शक्ति)प्रदर्शनको होड चलेको पथरीमा अहिललेसम्मकै ठूलो ¥याली भएको हो ।

पथरीमा माओवादीको तर्फबाट जहरमान लिम्बू, एमालेको तर्फबाट किशोर राई, नेपाली कांग्रेसबाट गणेश खड्का, जनशक्ति—समाजवादी फोरमबाट देबराज भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमा ढुङ्गाना र स्वतन्त्र विजय खम्बूले मेयर पदको लागि उमेद्वारी घोषणा गरेका छन् ।
लेखनाथ न्यौपानेको प्रश्न नदी बेचेर पानि हजाज काहा चलाउने ?

पथरी । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य लेखनाथ न्यौपानेले नदीहरु बेचेर पानी जहाज किन्ने कुरा अराष्ट्र भएको बताए । आज नेकपा (माओवादी केन्द्र)को मिक्लाजुङ्ग गाउँपालिका स्थित मोरङको मधुमल्ला बजारमा आयोजित चुनावी सभामा बोल्दै न्यौपानेले सो कुरा बताएका हुन । एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा टनकपुर, महाकाली लगायतको नदीहरु बेचेको आरोप लगाए । नदी बेचेर नेपालमा पानी जहाज चलाउने कुरा घोर राष्ट्रघाति काम भइरहेको उनको भनाइ थियो ।

संघीयता, धर्म निरपेक्षता र स्थानीयत तहलाई ११ करोडदेखि १ अरबसम्म वितरणमा एमाले र कांग्रेस नमानेपनि माओवादी सरकारले जवरजस्ति पठाएको बताए । माओवादीलाई बिखण्डनकारीको आरोप लाग्दै आएको सन्दर्भमा नेता न्यौपानेले भने ‘मधेसी समुदायलाई विहारी देख्ने केपी ओलीको भाषणले देश विभाजन तर्फ गइरहेको छ ।’ देशमा एकले अर्कोलाई सम्मान गर्ने वातावरणको सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालमा पर्यटन, कृषि र जलविद्युतको बिकास गर्न सके नेपालको जनशक्तिले नपुगेर विदेशबाट मगाउनुपर्ने अवस्था सिर्जना हुने बताए । त्यसका लागि माओवादी केन्द्रसँग विचार भएको तर्क गर्दै स्थानीय तहको सरकारमा पु¥याउन जनताले भोट दिनुपर्ने बताए ।

कार्यक्रममा पार्टीको पोलिटब्युरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुशल लिम्बू, पोलिटब्युरो सदस्य तथा पार्टी सम्बद्ध आदिबासी जनजाति राष्ट्रिय मोर्चाका केन्द्रीय सचिव दुर्गा राई, मिक्लाजुङ्ग गाउँपालिका प्रमुख पदको उमेद्वार प्रेम मिभक(दृष्टि), उपप्रमुखको उमेद्वार जमुना दाहालले प्रतिबद्धता राखेका थिए ।

पार्टी सल्लाहाकार रामकृष्ण राई लगायतले शुभकामना मन्तब्य राखेका थिए । सभाअघि हजारभन्दा बढी कार्यकर्ताहरुले नारा जुलुस सहित मधुमल्ला बजार परिक्रमा गरेका थिए ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.