Websoft University

बन्दले राजबिराजको भारदह क्षेत्र तनावग्रस्त,



बिराटनगर,असार ३ गते । रातो तारा डट कम-राष्ट्रिय जनता पार्टी (राजपा)ले निर्वाचिन विरोधी गतिविधि बढाउँदा मधेस प्रदेशका चुनाव गराउने र नगराउने बिचको बिबादले सप्तरी क्षेत्रमा तनाव उत्पन्न भएको हो । तनावका कारण कोशी पारिको राजमार्ग क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

सिरहाका सडकमा मोटरसाइकलबाहेकका ठूला सवारीसाधन चलेनन् । बजार, शैक्षिक संस्थाहरू पनि खुलेनन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत गोलबजारमा राजपाका कार्यकर्ताले प्रहरी चढेको गाडीमा तोडफोड गरेका छन् । बजार बन्द गराउँदै हिँडेका कार्यकर्ताले काठमाडौंबाट सुनसरीतर्फ आइरहेको ना।५ख १४४० नम्बरको गाडी तोडफोड गरेका हुन् ।

गाडीमा ‘नेपाल प्रहरी’को ब्यानर झुन्ड्याइएको थियो । तोडफोड गरेको आरोपमा प्रहरीले राजपा कार्यकर्ता ललन झालाई पक्राउ गरेको छ ।

राजपा कार्यकर्ताले महोत्तरीको पिपरा गाउँपालिकाका निर्वाचन अधिकृत लेखनाथ लुइँटेलसँग भएको निर्वाचन सामग्री खोसेर जलाइदिएका छन् । पिपराबाट जलेश्वर आउँदै गर्दा प्रकौली चोकमा आन्दोलनकारीले आचारसंहिता, नियमावली, निर्देशिका, निर्वाचन पुस्तिकालगायतका सामग्री खोसेको लुइँटेलले बताए ।

मधेस बन्दका कारण जलेश्वरस्थित भिठामोड नाकामा करोडौँको मालसामान थन्किएको छ । पेट्रोलियम पदार्थसहित विभिन्न दैनिक उपभोग्य सामान थन्किएका हुन् । आलु, प्याज, फलफूललगायतका सामग्री बिग्रिन थालेको भिठामोड भन्सार कार्यालयले जनाएको छ । यता स्थानीय प्रशासनले भने स्कर्टिङ गरेर भए पनि थन्किएका सामग्री गन्तव्यसम्म पुर्याउने जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.