Websoft University

सडक दुर्घटनाको कारण न्यूनीकरणका उपायका बारेमा समीक्षा

फाएल फोटो-
काठमाडौ-असार ३ गते । रातो तारा डट कम-कर्णाली राजगमार्गअन्तर्गत दैलेखखण्डको आठवीस नगरपालिकामा बुधबार भएको बस दुर्घटनापछि सदरमुकाममा रहेका राजनीतिक दलले सडक दुर्घटनाको कारण र न्यूनीकरणका उपायका बारेमा समीक्षा गरेका छन् । 

अहिले सञ्चालन भइरहेको कर्णाली राजमार्गमा अत्यधिक दुर्घटना हुन थालेपछि यसको विकल्पको राजमार्ग निर्माणबारे शुक्रबार बहस भएको छ । पूर्व स्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले कर्णाली राजमार्ग चौडा गर्नुपर्ने र सँगसँगै विकल्पका रुपमा अर्को सडक निर्माण गर्नुपर्ने बताउनुभयो । 

हाल सुर्खेतदेखि दैलेख सदरमुकाम हँुदै कालीकोट सिमानासम्म सडक पुगिसकेको र बाँकी २४ किमी सडक विस्तार गर्न सकेमा वैकल्पिक राजमार्गका रुपमा अर्को सडक प्रयोग गर्न सकिने खड्काले बताउनुभयो । 

दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष शान्ति शर्माले सरकारले यस वर्षको बजेटमा पञ्चकोसी राजमार्ग भनेर सुर्खेतदेखि दैलेख जुम्ला हँुदै चीनसम्म जोड्ने महत्वपूर्ण सडक योजना ल्याएकाले यसैलाई पूरा गर्न सबैले पहल थाल्नुपर्ने बताउनुभयो । 

अहिले दैलेख सदरमुकामबाट महावुसम्म सहज यात्रा गर्न सकिने अवस्था छ । सरकारले सामान्य सडकको स्तरोन्नति गर्न बाँकी २४ किमीमा थप विस्तार गर्न सकेमा सुर्खेत दैलेख सदरमुकाम हुँदै महावुदेखि जुम्लासम्म सडक सञ्चालन हुने देखिन्छ । रासस 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.