मोरङ-पथरी, जेठ २६ गते । रातो तारा डट कम,नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद शिवकुमार मण्डलले एमाले राष्ट्रघाति भएको आरोप लगाएका छन् ।
पार्टीको केन्द्रीय सचिवालय सदस्य समेत रहेका माण्डलले मोरङकको सुनबर्षी नगरपालिका वडा नम्बर ३ मा सुक्रबार भएको चुनावी सभामा सो कुरा बताएका हुन् ।
एमाले अध्यक्ष केपी ओली, आफूलाई राष्ट्रवादीको रुपमा प्रस्तुत गरेपनि महाकाली र टनकपुर नदी बेचेको कुरा बिर्सिन नहुने बताए ।
एमाले लगायतका पार्टीहरु निर्वाचनको बेला २० रुपैयाँको सारी, दुई पोका चामल र जाँड—रक्सी दिएर भोट लिन पल्केको भन्दै मण्डलले जनता सचेत रहनुपर्ने बताए ।
गणतन्त्र, संघीयता र ठूलो परिमाण सहितको स्थानीय तहको एजेण्डा नेकपा (माओवादी केन्द्र)को भएको सो चुनावी सभामा बताए ।
उत्पीडित जाति, क्षेत्र, लिङ्ग र वर्गीय मुक्तिको एजेण्डा आफ्नै पार्टीको भएको दावि गर्दै भोट माओवादीलाई दिनु पर्ने सभामा
बताए ।
कार्यक्रममा पार्टीको पोलिट्ब्युरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुसल लिम्बू, जिल्ला सहसंयोजक दिपक भट्टराई, किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय महासचिव अर्जुन किराती लगायतले बोलेका थिए ।
सुनबर्षी नगरपालिकामा माओवादीको तर्फबाट मेयरमा श्याम राजवंसी, वडा नम्बर १ देखि ७ सम्म क्रमस वीरेन्द्र राई, अमरबहादुर राजवंसी, कुमार कार्की, श्रवणकुमार राजवंसी, जुगेश्वर ठाकुर, सुन्दरकुमार तामाङ, राजेन्द्र ऋषिदेव अध्यक्षमा उठाउने भएका छन् ।
उपमेयर तथा ८ र ९ नम्बर वडा अध्यक्ष भने टुङ्गो लाग्न बाँकी रहेको उक्त पार्टीले जनाएको छ ।
Post a Comment