Websoft University

बैद्य माओवादीद्वारा मेयरको उम्मेदवारी घोषणा



अर्जुन जम्नेली राई-मोरङ-पथरी, जेठ २६ गते । रातो तारा डट कम,मोहन बैद्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी)को तर्फबाट मोरङ पथरीशनिशरे नगरपालिकाको लागि मेयर पदमा उमेद्वारी घोषणा भएको छ ।

सुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मेयरमा सन्तोष गुरुङ(इतिहास)को नाम घोषणा भएको हो । उक्त पार्टीले निर्वाचन अस्वीकार गरेपनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल गठन गरेर स्थानीय तहको निर्वाचनमा सहभागि भएका हुन् ।

मोर्चाको नगर संयोजक सुरेन्द्र चापागाई लगायतको कार्यकर्ताहरुले उमेद्वारी घोषणा गरेका हुन् । पार्टीले संविधानलाई पश्चगामी भनेपनि क्रान्तिकारी उपयोगको नीति लिएको कारण मोर्चा निर्वाचनमा सहभागि भएको बताएका छन् ।

नगरको १० वडामा ५२ वटै पदमा उमेद्वारी दर्ता हुने मोर्चाले जनाएको छ । मेयर पदका उमेद्वार गुरुङले आफूले जितेमा नगर बिकासको इमानदार भएर काम गर्ने कामहरु बारे बताएका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.