Websoft University

६५ वटा मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा समितिको डहर



विराटनगर,असार २ गते । रातो तारा डट कम,मोरङका ६५ वटा मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा समितिले जनाएको छ ।
मोरङमा रहेका ३०० मतदान स्थलहरु मध्ये १४४ स्थललाई संवेदनशील र ८१ मतदान स्थल सामान्य रहेको जनाइएकोछ ।


चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गिकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको निमित प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिए ।
निमिति प्रमुख जिल्ला अधिकारी पौडेलले चुनाव वहिष्कार गर्ने पार्टी,चुनाव विरोधी गतिविधि गर्ने समूह र खुल्ला सीमाका कारण हुन सक्ने अपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गिकरण गरिएको वताए ।
सुरक्षा संवेदनशिलताको हिसाबमा जिल्लाको उतरी क्षेत्र र दक्षिणी इलाका बढी संवेदनशील मतदान केन्द्र रहेको बताइएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले मोरङमा जुनसुकै परिस्थितिमा पनि चुनाव गर्न कुनै समस्या नरहेको दावी छ ।

मोरङमा कुल ६ सय ५९ मतदान केन्द्र एव ३ सय मतदान स्थल तय गरिएको छ । मोरङ जिल्लामा सबैभन्दा बढी ५ लाख १४ हजार ६ सय १८ मतदाता रहेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.