Websoft University

तीनवटा प्रदेशको चुनावको मनोनयन दर्ता असार ४ गते हुने

काठमाडौं, असार २ गते । रातो  तारा डटतारानिर्वाचन आयोगले तीनवटा प्रदेशको चुनावको मनोनयन दर्ता यही असार ४ गते सारेको छ । आयोगले १, ५ र ७ नम्बर प्रदेशको उम्मेदवारी दर्ता यही असार ४ गते आइतबार गर्ने निर्णय गरेको हो । 
यसअघि भोलि शुक्रबारदेखि मनोनयन दर्ता गर्ने कार्यतालिका थियो । तर, सरकारको आग्रहअनुसार मनोनयन दर्ताको मिति दुई दिन पछि सारिएको निर्वाचन आयोगले जनाएको छ ।
सरकारले दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नम्बर प्रदेशको चुनाव गराउँदै छ । दुई नम्बर प्रदेशको चुनाव भने तेस्रो चरणमा आगामी असोज २ गते गर्ने सरकारले निर्णय गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.