बिराटनगर,असार ३ गते । रातो तारा डट कम, नेपाली कांग्रेसका क्षेत्रीय सभापति दिलिप पोखरेलले पाटीको बिधिबिधान बंमोजिम नचलि आफु खुसि गरेको भन्दै क्षेत्र नम्वर पाँचका कार्याकर्ताहरुले गलत कार्यासैलिको बिरोध गर्न थालेका छन ।
आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर बिराटनगर महानगर वडा नं १८ हाल १४ बाट दिलिप पोखरेलले गलत व्याक्तिलाई वडाअध्यक्षको टिकट दिएको भन्दै बिरोध सरुप स्वतन्त्रबाट दिलिप यादवले वडा अध्यक्ष सदस्यहरुको टिमको उम्मेदवारी घोषणा गर्नु भएकोछ ।
हालको वडा नम्वर १८ बाट पनि कांग्रेसले टिकट दिएका वडा अध्याक्षका उम्मेदवारको बिरुद्घमा उम्मेदवारी दिने भएको बुइिाएकोछ, भने साबिक वडा नम्वर १६ हालको १२ का नेपाली कांग्रेस नेता भीम केसीले हिजो कार्याकर्ताहरुको भेला नै गराएर दिलिप पोखरेलले तोकेको उम्मेदवारको बिरुद्घमा स्वतन्त्रबाट आफुले असार ४ गते वडा अध्यक्षको उम्मेदवारी दर्ता गराउने घोषणा गरेका छन ।
नेपाली कांग्रेस क्षेत्र नं ५ का कार्याकर्ताहरुको भडकाउ र खैलाबैला लाई पाटीले बेलैमा समाधान गर्दा राम्रो हुँने केहि कांग्रेसी कार्याकर्ताहरुले भन्न थालेकाछन ।
Post a Comment