आर पोखरेल-विराटनगर,असार ३ गते । रातो तारा डट कम,
नेकपा एमालेबाट बिराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार विनोद ढकालले समृद्ध विराटनगरको नारालाई पुरा गरेरै छाड्ने बताउनु भएको छ ।
आज महानगरका बिभिन्न वडामा आयोजित घरदैलो अभियानलाई सम्बोधन गर्दै ढकालले समृद्ध बिराटनगरको नारा कार्यन्वयन गर्ने बताउनु भएको हो । वहाँले नेकपा एमाले नै राष्ट्रिय राजनीतिको केन्द्र भएको बताउँदै राष्ट्रिय स्वाभिमान र एकताका लागि कसैसंग सम्झौता नगर्ने बताउनु भयो ।
नेकपा एमाले मोरङका अध्यक्ष समेत रहनु भएका ढकालले एमाले बाहेकका कुनैपनि राजनीतिदलसंग बिराटनगरको समृद्धि जोडिएका मुद्दा नरहेको दाबी गर्नुभयो । वहाँले एमालेको आर्थिक समृद्धि र विकास निर्माणप्रतिको उदार नीतिका कारण अन्यदलहरुले समेत सिको गर्ने गरेको बताउनु भयो ।
बिराटनगरलाई महानगरपालिका बनाउने बिषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता ढकालले आज महानगरको वडा नं. १, ५ र १९ माआयोजना गरिएको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।
अभियानका क्रममा माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपा परित्याग गरेर सयौं नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई मेयरका उम्मेदवार ढकालले अबिर र माला लगाएर एमालेले चुनाव जित्ने अभियानमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।
Post a Comment