Websoft University

रंगेलीमा चुनावी माहोल सुरु



रबिन्द्र बराल-रंगेली,माेरङ-असार ४  गते,अाईतबार । रातो तारा डट कम,२० बर्ष पछि हुनलागेको स्थानीय निकायकाे निर्वाचनकाे माहोल रंगेलीमा सुरु भएको छ । आज असार ४ गते उम्मेवार दर्ता गर्ने उम्मेदवारहरु गाउँ गाउँ बाट अाफ्नाे निर्वाचनको कार्यलय अाउने कार्यक्रम चलिरहेको छ।

निर्वाचन अयोगले रंगेलीमा उमेदवारहरुलाई सहज बाताबरण बाट उमेदवार दर्ता हाेस भनेर बिहान ८ बजे देखि दिउँसो ४ बजे सम्मकाे समय तय गरेकाे छ।

जस अनुसार अायाेगले बिहान ८ :३० देखि १० बजे सम्म नेकपा माअाेवादि काे उमेदवार हरुलाई समय राखेको छ । त्यसैगरी १०:०० बजे देखि ११:३० सम्म नेकपा एमालेले ,११:३० देखि १२:३० सम्म राप्रपा नेपाल ,१२:३० देखि १ बजे सम्म फाेरम लाेकतात्रिक,१ बजे देखि २:३० सम्म नेपाली काङ्ग्रेस ,२:३० बजे देखि ४ बजे सम्म संघिय समाजवादी फाेरम र नयाँ शक्ति पाटि माअाेवादि, र बिहान ८: बजे देखि दिउँसो ४ बजे सम्म अन्य राजनीतिक दल र स्वतन्त्र उमेदवार हरुकाे उमेदवारी दर्ता काे समय राखिएको निर्वाचन कार्यलय रंगेली का अधिकृत पुन्य प्रसाद पाठकले जानकारी दिनु भयाे।

उहाँका अनुसार २० बर्ष पछि हुन लागिरहेको स्थानीय निकायकाे निर्वाचन मा सबै जनता हरु खुशी र उमङगका साथ उमेदवार दर्ता गर्न अाएकाे उहाँले बताउनुभयो ।
त्यसैगरी रंगेली नगरपालिकामा रंगेली ,दर्वेशा,बबियाबिर्ता,मङगलबारे,अामताेला,रन्जनि,
लगायतका सर्वसाधारण हरुले अा अाफ्ना पाटिका झन्डा हरु बाेकेर ट्याक्टर ,बस,माेटरसाइकल, साईकल मा झन्डा बाेकेर उमेदवारी दर्ता गर्न अाएकाे रंगेली का अबिषेक अधिकारी ले बताउनु भयाे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.