रबिन्द्र बराल- रंगेली,माेरङ,जेठ ३० गते । रातो तारा डट कम,
रास्ट्रिय जनता पाटी नेपाल ले केन्द्रीय स्तरकाे अान्दोलन अनुसार माेरङकाे रंगेली ,डाईनियाँ,कर्सिया,दादरबैरीया, रामचाेक, कटहरी,नयाँ बजार लगायतका स्थान हरुमा रास्ट्रिय जनता पाटि नेपाल का कार्यकर्ता हरु चाेक चाेकमा उत्रिएका छन ।
उनिहरुले रंगेली बिराटनगर डाईनियाँ अमरदह जाने साना तथा ठुला सबारी साधन हरु बन्द गराएका छन ।
एम्बुलेन्स ,दुधका गाडी ,प्रेश का गाडी हरुमात्र सन्चालन हुन दिएकाे राजपा का रंगेली संयाेजक शंकर साहले बताएका छन।
यता बाटो मा नेपाल प्रहरी ,ससस्त्र प्रहरी हरुकाे बाक्लो उपस्थित रहेको छ । कार्यकर्ता हरुले पसल,उद्योग ,सिटि रिक्सा समते बन्द गराएका छन । सरकारी बिधालय भने बिहानकाे पढाइ भएको हुनाले पढाइ भने निर्वाद रुपमा सन्चालन भईरहेकाे छ ।
Post a Comment