Websoft University

खाली पेटमा लिची खानु राम्रो अरू यसका फाइदा नै फाइदा छन


काठमाडौ, जेठ ३१ गते । रातो तारा डट कम, धेरैले लिची खानेगरेको पाइन्छ, यो फफलको अहिले लिचीको सिजन छ । यो रसिलो र स्वादिलो फल हो । तर, खाली पेट लिची सेवन गर्दा ज्यान जान सक्छ । यसअघि भारतको बिहारमा खाली पेट लिची सेवन गर्दा सैयौं बच्चाको अचानक मृत्यु भएको थियो । त्यसैले खाली पेटमा लिची नखाउनु भनेको हो ।

खाली पेट लिची सेवन गर्दा चक्कर आउने, आँखा खोल्न नसक्ने र मृत्यु हुने देखियो । सन् १९९० को दशकको यो घटनापछि खाली पेटमा लिची सेवन गर्नु घातक हुने पुष्टि
भयो ।

के हुन्छ लिचीमा:- लिचीमा एक प्रकारको बिष हुन्छ, हाइपोग्लिसिन । यसले शरीरमा ग्लुकोज बन्ने प्रक्रियालाई रोक्छ । शरीरमा यो बिष पुग्छ र सुगरको मात्रा अचानक कम हुन्छ । यहि नै मृत्युको कारण बन्न सक्छ ।

लिचीले मस्तिष्कसँग सम्बन्धित यस्तो समस्या पैदा गर्छ, जसले ज्यान लिन सक्छ । एक्यूट इन्सेफेलाइटिस सिन्ड्रोम नामक यस बीमारीको कारण सैयौंले ज्यान गुमाएका छन् । बैज्ञानिकले उक्त रोग लिची फलको कारण हुने बताएको छ ।

यसमा प्राकृतिक रुपले हाइपोग्लिसीन(ए र मिथाईलेन्साइक्लोप्रोपाइलिगसीन नामको विषाक्त तत्व हुन्छ । यसले शरीरमा फ्याटी एसिड मोटाबोलिज्म बनाउन रोक्छ । यसै कारण ब्लड सुगर लेभल कम हुन्छ ।

लिचीका फाइदा :- लिची फल हानिकारक त्यसबेला हुनसक्छ, जब यसलाई अनियमित र अनियन्त्रित ढंगले सेवन गरिन्छ । यदि दिनमा केहि मात्रामा र खाना खाइसकेपछि सेवन गर्ने हो भने लिचीले फाइदा गर्छ । दिनमा १० वा १२ दाना भन्दा बढी लिची सेवन गर्नु हुँदैन ।

लिची हड्डीको लागि फाइदाजनक हुन्छ ।
बच्चाको शारीरिक विकासमा सहयोग पुर्‍याउँछ ।
यसको नियमित सेवनले शरीरमा क्यान्सर कोशिकालाई बढ्न दिदैन ।

यो हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुन्छ ।
दमका रोगीलाई लिची लाभदायक हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.