रबिन्द्र बराल रंगेली ,माेरङ,जेठ ३० गते । रातो तारा डट कम,
जेठ २६ गते शुक्रबार रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली-३ आमतोला चौक मा बिराटनगर रंगेली आउँदै गरेको को २० प ३८२० नंम्वर को मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
रन्जनि घर भएका बर्ष २३ का उमेश काफ्ले गंभिर घाइते भइ न्युरो हस्पिटल बाँसबारी,काठमाण्डौमा उपचार हुदाहुदै उनको साेमबार मृत्यु भएको छ ।
स्थानीय निकायकाे निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना भएका काफ्ले सडक दुर्घटनामा परि उपचार हुदाहुदै साेमबार दिउँसो मृत्युु भएको र उनी ईलाका प्रहरी कार्यलय रंगेली का म्यादी प्रहरी भएको प्रमुख सन्जिव बाबु खड्काले जानकारी दिनुभयो ।
साेमबार बिहान रंगेली नगरपालिका ७ का देवानन्द बहरदारकी श्रीमती बर्ष २८ की मालादेवी बहरदार ले बीस सेवन गंभिर घाइते भई रंगेली अस्पताल ल्याएकोमा उपचार हुन नसकी थप उपचारको लागी नोबेल अस्पताल बिराटनगरमा पठाइएको र निजको उपचारकाे मृत्यु प्रहरीले जनाएको छ।
Post a Comment