Websoft University

१० दिनदेखि रुपा वेपत्ता, अपहरण हुन सक्ने श्रीमानको शंका



अमृत बास्तोला-तेह्रथुम, माघ ११ गते । २०७३, रातो तारा डट कम -तेह्रथुमको  ह्वाकू ३ घर भएककी रुपा मावो (कालिकोटे) एक साता अघि देखि हराएकी छिन् । गत माघ २ गते पाँचथर फिदिममा रहेका दाई भेट्न र जन्डिस भए नभएको जाँच गराउन भनि रुपा घरबाट निस्कएको श्रीमान् किरण कालिकोटेले बताउनु भएको छ  ।

पाँचथरको माझिटार सम्म पुग्दा फोन सम्र्पक भएको, त्यस पछि रुपासंग सम्र्पक नभएको र उनी चडेको गाडीका चालकका अनुसार बिर्तामोड सम्म पुगे पछि वेपत्ता भएको उहाँले जानकारी दिनु भयो ।

आफन्तजन सबैमा खोज्दा पनि कतै पत्तो नलागेपछि श्रीमतीलाई खोजिदिन संक्रान्तिबजार स्थित इलाका प्रहरी कार्यालयमा निवेदन दिएको उहाँले बताउनु भयो ।  घरकी बुहारी २ वर्षे नावालक छोरीलाई बेवास्ता गरी १० दिनदेखि वेपत्ता हुँदा घरपरिवार शोकमा डुबेका छन् ।

वेपत्ता भएकी श्रीमतिको अपहरण हुन सक्ने शंका व्याक्त गर्दै किरणले श्रीमति खोजि गरिदिन सरोकारवाला सबैमा आग्रह गर्नु भएको छ । २०७० सालमा पाँचथर थर्पु घर भएकी रुपा र किरण बिच अन्र्तजातिय भागि विवाह  भएको थियो ।

अन्र्तजातिय विवाह भएपनि पारिवारिक सम्बन्ध राम्रो रहेको पारिवारिक स्रोतले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.