विराटनगरःपुस २८ गते । रातो तारा डट कम -
विराटनगरमा जारी एमाले मोरङको आठौं जिल्ला अधिवेशनको नेतृत्व चयनका लागि मत गणना सुरु भएको
छ ।
बिहीबार मध्यान्नबाट निर्वाचन शुरु भएको छ । दिउँसो १ बजेबाट निर्वाचन कार्यक्रम अन्तर्गत मतगणना सुरु भएको
हो । अहिलेसम्म एक सय मत गणना भई सकेको छ । अतिथि सदनमा मत गणाना जारी छ।
पछिल्लो परिणामअनुसार अध्यक्ष पदमा विनोद ढकाल अर्का प्रत्यासी महेश रेग्मीभन्दा अगाडि छन् । पन्ध्र स्थानमा मत खन्याएर एकै पटक गणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ ।
एमाले मोरङको जारी अधिवेशनमा १३९ मत गणना गर्दाअध्यक्ष पदममा विनोद ढकालले ८५ र महेश रेग्मीले ५४ मत प्राप्त गरेका छन् ।
Post a Comment