Websoft University

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले यस बेेला जनसर्मथन पाउन थालेे ?




काठमाडौँ, पौष २९ गतेे । प्रचण्ड सरकारले नेपालको हीत बिपरित फेरी पनि भारतको पक्षमा एक महत्वपूर्ण निर्णय गरेको छ । जसका कारण माओवादी केन्द्र भित्रै बिबाद चुलिँदै गएको छ । प्रचण्डले काम नगर्ने भारतीय कम्पनीको ठेक्का अवधि थपेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्रै विरोध भएका हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले माथिल्लो कर्णाली आयोजनाको आर्थिक स्रोत ब्यबस्था गर्नका लागि एक वर्षको समय पाएर पनि कुनै काम नगरेको भारतीय कम्पनी जीएमआरको अवधि फेरि १ बर्षको थपेपछि माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रचण्डको दवाबमा भएको सो निर्णयको कडा बिरोध जनाउनुभएको छ ।


श्रेष्ठले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुक मा स्टाटस लेख्दै प्रचण्डको सो निर्णयप्रति असन्तुष्टी जनाउनुभएको हो । उहाँले स्टाटसमा लेख्नुभएको छ ‘सरकारले माथिल्लो कर्णाली आयोजनाको आर्थिक स्रोत ब्यबस्था गर्नका लागि भारतीय कम्पनी जीएमआरलाई दिएको १ बर्षको अबधि सकिए पछि सोही प्रयोजनका लागि अर्को १ बर्षको समय थपेको छ । यो निर्णय अनुचित छ,’।

माथिल्लो कर्णाली आयोजना भारतीय कम्पनीलाई दिने निर्णय खारेजीको माग गर्दै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीले लामो समयदेखि निरन्तर रुपमा संघर्ष गरिरहेका छन् ।
तर कुनै बेलाका उनीहरुकै सहपाठी प्रचण्ड नेतृत्वको सरकारले उनीहरुको आन्दोलनलाई चुनौती दिँदै अवधि थप्ने निर्णय गरेको हो ।

भारतको हीतमा सरकारुले यो निर्णय गरेपछि बर्तमान
प्रचण्ड सरकारलाई भारतसँग लम्पसार परेको आरोप लगाइरहेकाहरुका लागि थप बल पुगेको छ । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.