Websoft University

युद्धका लागि तयार रहन कार्यकर्तालाई विप्लवको निर्देशन


काठमाडौं, माघ ९ गते । २०७३, रातो तारा डट कम -
नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीले जित्ने गरी लड्ने तयारी गरेको र त्यसै अनुसार खट्न कार्यक्षेत्रमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पेरिस कम्युनदेखि सोभियत समाजवाद हुदै चिनियाँ क्रान्तिसम्म आउँदा ठूला ठूला उपलव्धि भए पनि फेरि पराजित हुनुको कारणको राम्रोसँग अध्ययन गर्नु पर्ने भन्दै अब नयाँ तरिकाबाट लड्ने र विजय हासील गर्ने बताए ।

आफ्नो पार्टी निकट जनवर्गीय संगठनहरुका कार्यकर्तालाई शनिबार राजधानीमा प्रशिक्षण दिदै विप्लवले माओवादी आन्दोलन  वार्ताको टेबुलमा आएपछि पराजित भएको जिकिर गरे । बाबुराम भट्टराईले कम्युनिष्ट आन्दोलन नै त्याग गर्नु र प्रचण्ड आन्दोलनबाट पछाडि फर्किएको अवस्थामा नयाँ किसिमले क्रान्ति अगाडि बढाउन पार्टी गठन भएकोले फागुणमा हुने महाधिवेशनपछि पार्टीले नयाँ कार्ययोजनासहित अघि बढ्ने बताए ।

कम्युनिष्ट आन्दोलनमा नेतृत्व जहिले पनि एकै व्यक्ति भईरहने र नेतृत्व छाड्नु परेपछि असन्तुष्ट हुने चलन देखिएको भन्दै नेताहरुले सामाजिक जीवनमा पनि फर्कनु पर्ने र नेतृत्व प्रणाली आवधिक खालको हुनु पर्ने धारणामा बहस गर्नु पर्ने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.