Websoft University

झापाको छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनामा १ जनाको मृत्यु २ जना घाईते




झापा, माघ ९ गते । २०७३, रातो तारा डट कम -
झापाको छुट्टा छुट्टै स्थानमा गएराती भएको सडक दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।

दमक ३ स्थित बेलडागी सडक खण्डमा बुलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मोटसाईकल चालक इलाम बाजोका ३३ बर्षिय जयकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुलेरो गाडी र चलाकलाई इलायका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । त्यस्तै शिवसतासी ५ मा पश्चिमबाट पुर्वतर्फ जादै गरेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा २ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा तोपगाछी ८ का २९ बर्षीय गणेश अधिकारी र दमक ११ का ४५ बर्षीय राममणी काफ्ले घाईते भएका छन् । मोटरसाईकल चालक अधिकारी समान्य उपचार पछि घर फर्किएका छन् भने पछाडी सवार काफ्लेको दमक स्थित लाईफलाईन अस्पतामा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.