काठमाण्डाै,माघ ९ गते । प्रमुख तीन दल नयाँ संरचना अनुसार स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । आज सांझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनअनुसार नै स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको नेताहरुले बताएका छन् ।
निर्वाचनको विषयमा सबै दलबीच साझा धारणा बनाउन छलफललाई तीव्रता दिइने नेताहरुको भनाइ छ । एक वर्षभित्र तीन तहको निर्वाचन हुन नसके संवैधानिक र राजनीतिक संकट उत्पन्न हुनसक्नेतर्फ सबै सचेत बनेको नेताहरुको भनाइ छ । संविधान संशोधनबारे भने सत्तारुढ र विपक्षी दलहरु आ आफ्नै अडानमा रहे ।
विपक्षीले एमालेले संशोधन फिर्ता लिन माग गरेपनि सत्तारुढ दलहरुले अस्वीकार गरेका छन् । यसबारे धेरै छलफल नभएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । तर अझै पनि चुनाव कहिले हुने भनेमा टुंगो चाहि भएको छैन ।
Post a Comment