Websoft University

सेवा सुविधा बढाउन एल पी ग्यास विक्रेताको माग


विराटनगर, माघ १० गते । रातो तारा डट कम-
एल पी ग्यास विक्रेता संधले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर आफनो माग सम्वोधन गर्नको लागी सम्वन्धित पक्षलाई अपिल गरेका छन ।



लगानी अनुरुपको प्रतिफलको अभावमा व्यावसायिहरुमा निराशा उत्पन्न भएको उनी हरुले बताएका छन। विगत १० वर्ष देखी क्रियाशिल सस्थाले बदलिदो समय र अवस्था अनुसार आफुहरुले व्यापारिक गतिविधि ग्यास उद्योगले कमिशन तथा अन्य सेवा सुविधा नहुदाँ मारमा परेको बताएका छन ।

सो कार्यक्रममा एल पी ग्यास विक्रेता संघका अध्यक्ष विकाश लालवानीले प्रज्वलनसिल र जोखिमपूर्ण व्यावसाय माथी हेपाहा प्रवृति हावि भएको आरोप लगाएका छन ।

साथै मापदण्ड विपरित सरकारले जथाभावि डिलर नियुक्ति गर्दा साथै , अनाधिकृत रुपमा ग्यासको कारोवार भएकाले व्यावसाय नै कठिन परिस्थितिमा पुगेको बताइएको छ ।

साथै ग्यास उद्योगले ३५ प्रतिशत उद्योगले दिएकोमा व्यापारीहरुले राजश्व वापतको  ३० प्रतिशत बुझाउने गरेको र वाकिँ ५ प्रतिशतले आफनो जिविका चलाउन मुस्किल भएको बताएका छन ।

 ग्यास व्यावसायिले सामाजिक दायित्वलाई निवाह गर्नै पने भएकाले पिडाका बावजुत पनि विभिन्न सामाजिक क्रियाकलाप गर्नु परेको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.