झापा, पुस २६ गते ।
विद्युत प्राधिकरण दमकको वितरण शाखाका कार्यालयका कर्मचारी कामको प्रवाह नगरी तास खेल्नमा व्यस्त रहेका
छन् । सेवाग्राहीको कामको बेवास्था गर्दै कर्मचारीहरु तास खेल्नमा ब्यस्त हुने गरेको पाईएको हो । गाउँमा विजुली विग्रिएपछि मर्मत गर्न भन्दै एक जना सेवाग्राहीले कार्यालय प्रमुखलाई फोन गरे । फोन रिसिभ गरेका कार्यालय प्रमुख सुरेन्द्रकुमार साहले कर्मचारी नभएको सिधै जवाफ दिए ।
कार्यालय प्रमुखले नै गैरजिम्मेवार जवाफ दिएपछि ति सेवाग्राही तुरुन्तै कार्यालयमा पुगे । कार्यालयमा पुग्दा त उनले अनौठो देखे । कार्यालयका कर्मचारीहरू कार्यालयका तास खेलिरहेका देखे । त्यसपछि उनले स्थानीय सञ्चारकर्मीहरुलाई खबर गरे ।
सञ्चारकर्मीहरुले प्राधिकरण शाखा कार्याल पुगेर कर्मचारीहरुले कार्यालयभित्रै तास खेलिरहेको तस्वीर खिच्दा पनि खेल रोकिएन । कार्यालय प्रमुख साहले तास खेल्ने कर्मचारीलाई कारबाही गर्ने औसत प्रतिक्रिया दिए ।
झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले पनि तास खेलेको प्रमाण पाइएमा कारबाही गर्ने भन्दै झारा टार्ने प्रयास गरे ।
Post a Comment