Websoft University

कोहलपुरमा एक युवती भईन् सामुहिक बलात्कारको सिकार, २ युवक पक्राउ


काठमाडौं, पुस २१ गते ।
कोहलपुरमा एक युवती सामुहकि बलात्कारको सिकार भएकी छिन् । बुधबार साँझ करिब ८ बजेतिर कोहलपुरको साँझानजिक एक १८ बर्षिय किशोरीमाथी सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कारमा संग्लन रहेको भन्दै कोहलपुर प्रहरीले २ युवकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । पक्राउ पर्नेमा कनका ७ का १८ बर्षिय मुस्कान आचार्य र सोही ठाउँका १७ बर्षिय सेर सिकर्मी रहेका छन् ।

युवकहरुले साझँ घर पुर्‍याइदिने भन्दै आफ्नो कोठामा लगेर सामुहिक बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएका डिएसपी काफ्ले जानकारी दिए ।चिनेजानेकै साथीहरु भएका कारण ती युवतीले उनीहरुलाई विश्वास गर्दा बलात्कारको सिकार भएकी हुन् । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.